ज्योतिषीलाई लाइसेन्स दिनुपर्ने सांसदमा माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदले ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्ने माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले ज्योतिषीलाई पनि लाइसेन्स दिएर कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।

‘अरु विषय पढेकाले लाइसेन्स लिएर मात्र व्यवसाय गर्न पाउँछन् । तर ज्योतिषीले लाइसेन्स वा अधिकार पत्रबेगर काम गरेर महिनामा २र३ लाख रुपैयाँ कमाइरहेका छन् । उनले भनिन्

ज्योतिषी पेशामा थुप्रै बेथिती देखिएको भन्दै उनले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्ने र यसको निगरानी गर्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया