जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन अलपत्र

शिखर चिमौरिया /

काभ्रे । जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवन सात वर्ष बित्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन । अन्य निकायले गल्ति गरे कानुनी कठघरामा उभ्याउने अधिकार पाएको जिल्ला प्रशासन कार्यालय काभ्रेको आफ्नै भवन भने ठीक समयमा निमार्ण भएको छैन ।  समयमै निर्माण सम्पन्न हुन नसक्दासमेत सरोकारवाला मुकदर्शक बनेर बस्न बाध्य छन् ।

भवन निर्माण कार्य सम्पन्न नभएपछि सात वर्षदेखि प्रशासन कार्यालय भाडाको घरमा सञ्चालन गरिएको छ । कार्यालय सञ्चालन गरेबापत मासिक ४७ हजार रुपैँया भाडा तिर्दै आएको भाडा अहिले बढेर मासिक ५० हजार पुगेकोे जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । २०६९ साल चैत्रमा टेण्डर गरेर २०७० साल असार महिनामा सझौता गरी  असार महिनाको २५ र ३२ गते दुई किस्तामा गरि ८० लाख पेश्की दिएको जिल्ला प्रशासन लेखा शाखामा रेकर्ड रहेको स्रोतले बताएको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले कमिसनका लागि आफ्नो सरुवा हुने थाहा पाएपछि असार मसान्तमा सरकारी खाताबाट रकम दिएका थिए । जबकी सरकारी खाता असार १५ गतेपछि अडिटका लागि बन्द हुने भएता पनि प्रमुख जिल्ला अधिकारी बस्यालले कमिसनका लागि असार ३२ गते रकम निकासा गरेको स्रोतले बताएको छ । २०७१ पौष महिनामा सिधाउनु पर्ने सझौता रहेपनि ठेकेदारले लार्पवाही गरेका कारण समयसीमा भित्र भवन नबनेपछि भवनको काम रोकीएको हो ।

आफुहरुले समयमै काम सम्पन्न गर्न चाहेपनि सिडियो कार्यलयले भवन निर्माण स्थल उपलब्ध नगराएकाले भवन निर्माण सम्पन्न ढिला भएको ठेकेदार पुरुषोत्तम मानन्धरले दाबी गरे । सिडियो कार्यलयले भवन निर्माण गर्ने ठाउँ नै ढिला उपलब्ध गराएका कारण काम ढिला सुरु भएको  र सम्झौता मितिमा काम सम्पन्न गर्न नसकेको पनि उनको भनाइ रहेको छ । ‘हामीले सिडियो कार्यालयको भवन सम्पन्न गर्न नचाहेको हैन, सिडियो कार्यालयले भवन निर्माण स्थल ढिला उपलब्ध गराएकाले ढिला भएको हो ।’ ठेकेदारले भने, ‘सिडियो कार्यालयले ढिला गरी भवन निर्माण स्थल उपलब्ध गराएले समयमै काम सम्पन्न हुन नसकेको हो ।’

भवन निर्माणको लागि सम्झौता भएपनि भवन निर्माण स्थलका कारण काम ढिला सुरु भएपछि समयमै काम सम्पन्न नभएकाले म्याद थप्नु परेको थियो । म्याद थप भएपछि निर्माण सामग्रकिो मूल्य बृद्धि थप गर्न कार्यलयसँग माग गर्दा मूल्य बृद्धि गर्न नमानेका कारण कागजी अनुसार अदालतमा मुद्धा हालेको ठेकेदार मानन्धरले बताएका छन् । अदालती प्रकृया टुङ्ग्याउन समय लागेका कारण काम रोकीएको पनि उनले बताए ।

भवन निर्माण शुरु भएयता जिल्लामा ८ जना  सिडियो  फेरीए तर भवन निर्माणमा चासो कुनै पनि सिडियो सापहरुले देखाउनु भएन कार्यलयका एक कर्मचारीले बताए । ‘भवन निर्माण शुरू भएयता जिल्लामा आधा दर्जन भन्दा बढी सिडियो साप् आउनु भयो होला तर कसैले पनि भवन बनाउने पहल गर्नु भएन उनले भने ।’ २०७१ साल पौष महिना भित्र बनाउने सझौता भए पनि निर्माण सम्पन्न हुन सकेको छैन् ।, २०७२ सालमा भूकम्प आयो त्यस पछि काम रोकियो । त्यसपछि सिडियो कार्यलय र ठेकेदार मुद्धामा लागेका कारण भवन निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।’

गत असार देखिसरुवा भई आएका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले भवन बनाउने भनि प्रतिवद्धता जाहेर गरे पनि उनी पनि सरुवा भई गएका छन् । पटक पटक ठेकेदारसँग छलफल गरेता पनि भवन निर्माणमा चासो नदेखाएका कारण उक्त ठेकेदारको कम्पनीलाई कालो सूचिमा राखी अर्काे ठेकेदारसँग सम्झौता गरी काम गर्न लाग्दा फेरी पहिलाको ठेकेदारले मुद्धा दायर गरेकाले भव निर्माण गर्न चाहेर पनि निर्माण गर्न नसकेको राउतले जानकारी दिए । अव आफु सरुवा भै गएकाले पछि आउने सरले गर्ने उनको भनाई छ ।

भर्खर सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर राना मगरले आफूले पनि भवनको अवस्था देख्दा नाजुक रहेन्छ । अफिस कोठा समेत अपुग रहेको र भाडामा बस्न बाध्य रहेन्छ उनले भने,।‘ आफू यस जिल्लामा रहेन्जुल पुन रि टेण्डर गरेर भवनको काम  अगाडि बढाउने कामका लागि साउन महिना बाट काम अगाडि बढाउने बताए । अहिले मुद्धा नै रहेन्छ यस मुद्धा चाडै नै टुगो लगाएर भवनको काम अगाडि बढाउने छु उनले भने, ।

बन्न लागेको जिल्ला प्रशासनको भवनमा बाल इजालस, बाल मैत्री, अपाङ्ग मैत्री, प्रहरीको क्वाटर, क्यान्टिन, सुविधा सम्पन्न पार्किङ, सहित जिल्ला प्रशासनको कार्यालय राख्नका लागि ५ करोड २४ लाख ४ सयको प्राविधिक स्टमेट तयार परिएको थियो । जसमध्ये जिएम कन्ट्रक्सनले ४ करोड ३२ लाख ५ हजारमा सम्झौता गरेको जिल्ला प्रशासनमा रेकर्ड रहेको छ । ठेकेदारले ४० प्रतिशत काम गरेपनि अझै ६० प्रतिशत काम बाँकी रहेको छ भने ठेकेदार कम्पनीलाई  अहिलेसम्म २ करोड रूपैँया निकास भइसकेको छ ।

 

 

प्रतिक्रिया