जिग्री र पाँडे अदालत जाने, नयाँ एपिसोडमा अधिकांश नकरात्मक प्रतिकृया

भाद्र २२,काठमाण्डौ । हास्य टेलिशृंखला भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) जाने बताएका छन् । मिडिया हबले आफुहरुलाई अन्याय गरेको भन्दै अदालत जाने बाताएका हुन ।

भद्रगोलका कार्यक्रमका परिकल्पनाकार, लेखक तथा कलाकार जिग्रीले भने, “हामी सर्जकलाई ढाँटेर, छलेर मिडिया हबले भद्रगोल आफ्नो ट्रेडमार्क बनायो । पारिश्रमिक पनि दिएको छैन । हुँदा हुँदा हिजोको नयाँ एपिसोडमा हामीले निर्माण गरेको पुरानो भागको क्लिप समेत राखेछ । त्यसको शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको रहेछ । यो त ज्यादती नै भयो नि । यो ज्यादतीको विरुद्ध हामी भोलि अदालत जाँदैछौं ।”

अर्जुन घिमिरे (पाँडे)क अनुसार उनीहरुको सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक पाएका छैनन् । घिमिरेले भने, “जेपिटी (जिग्री पाँडे टिम) क्रियशन मार्फत भएको पछिल्लो ४३ भागकोे पनि ७ लाख पारिश्रमिक हामीले पाउन बाँकी छ । अब हामी सिर्जना चोरीसँगै बाँकी रहेको हाम्रो पारिश्रमिक पाउनुपर्ने माग सहित अदालत जाँदैछौं ।”

उनीहरु जेपिटी क्रियशन मार्फत नयाँ नाम तर उस्तै विषयवस्तु भएको हास्य टेलिशृंखला लिएर असोज दुई गतेदेखि नेपाल टेलिभिजन मार्फत आउने जानकारी दिए । भद्रगोलको प्रसारित नयाँ भाग युट्युबमा राखिएको छ । उक्त भिडियोमा अधिकांश दर्शकले भद्रगोलका पुरानै कलाकार हेर्न चाहेको र अत्यन्तै खराब रहेका भनेर नकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया