चर्चाको शिखरमा रहेका गायक रन्जित लामाको जीवनी (भिडियोसहित)

भाद्र ४ ,काठमाण्डौ । पाछिल्लो समय गायनमा निकै चर्चा कमाएका मेलोडियस गायक रन्जित लामा तामाङ सेलो,लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफल पछिल्लो पुस्ताका व्यस्त गायकमा पर्दछन् । सङ्गितलाई सुख दु:खको नजिकको साथी मान्ने फरक र सुमधुर स्वर भएका लामा ललितपुर जिल्लाको डुकुछाप गाबिस हालको गोदावरि नगरपालिका वडा नं ८ मा बुवा सानु बाबु लामा र आमा चमेली तामाङको कोखबाट जेठो सन्तानको रुपमा जन्मनुभएको हो । विवेक लोप्चनले गायक रन्जित लामासङ्ग गायन यात्रााको बारेमा गरिएको कुराकानी पछि तयार पारिएको उनै गायक लामाको जीवनी ।

बाल्यकाल
सन १९८७ मा ललितपुर जिल्लाको डुकुछाप गाबिस हालको गोदावरि नगरपालिका वडा नं ८ मा जन्मनुभएको हो रन्जित लामा । बाल्यकालमा लजालु र सङ्गित मन पर्ने गीत गुनगुनाउने लामाको बाल्यकाल सुखद नै बित्यो । बिद्यालय स्तरमा गीत गाउदै आफुले गायक बन्ने सपना बोकेको थियो ।

साङ्गितिक यात्रा
रेन्बो इन्टरनेशनल कलेज डल्लुमा उच्च माद्यामिक तहसम्मको अध्ययन सकाए । साथीभाइ र परिवारको सपोर्टको कारण गायन क्षेत्रमा उनको रुची बढ्दै गयो । सङ्गितिक क्षेत्रमा आफ्नो काका मिलन लामाले साङ्गितिक क्षेत्रमा लाग्ने हौसला पाएपछी गायन क्षेत्रमा लाग्ने निष्चय गरे । पुतलिसडकस्थित साधना कला केन्द्रमा बि.सं.२०६५ प्रकाश गुउङ्सङ्ग संगीतको कक्षा लिन सुरु गरे । बि.स. २० ६९ मा डाँडापारी बोलको गीत रेकर्ड गरेर आधिकारिक रुपमा गायन क्षेत्रमा लागे । सङ्गित कक्षा लिएर गायनमा लागेका लामाले अहिलेसम्म दर्जन भन्दा बढी गीत गाइसकेका छन भने म्युजिक भिडियो दर्जन बढी ल्याइसकेका छन ।


गीत रेकर्डको अनुभव

“धेरै दिनको अभ्यासपछी गीत रेकर्डको दिन म धेरै खुशी थिए । खासमा त्यो दिन सम्झना लायक छ् । गीत रेकर्ड पछी राम्रो प्रतिकृया पाए म अत्यन्त प्रसन्न भए र अरु गीत गाउँ पनि हौसला मिल्यो । “लामाले बताए । ‘डाँडापारी’बोलको गीतबाट उनलाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क नेमा,हुलाकी दाई,हुक्का,न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क मैच्याङ,बुट्टे रुमाल लगायत थुप्रै गीत सार्वाधिक चर्चामा छन । उनले पछिल्लो समयमा “टुना युनाले”बोलको गीत पनि गाएका छन ।


अवार्ड सम्मान
पहिलो तामाङ गीत ‘मुसुक्क ङेमा”बाट बि स २०७५ मा ओे ईशा नेपाल म्युजिक अवार्डबाट उत्कृष्ट पप गायकको अवार्ड,आउन माया आउ बोलको गीत बाट सगरमाथा म्युजिक अवार्ड सर्बोत्कृष्ट पप गायक,आउन माया आउ बोलको गीतबाट पहिलो एपिक नेपाल म्युजिक अवार्ड सर्बोत्कृष्ट पप गायक,स्टार इन्टर्नेशनल म्युजिक अवार्ड २०७६ बाट बुट्टे रुमालबाट सर्बोत्कृष्ट पप गायक,नेशनल बक्स अफिस अवार्डबाट सर्बोत्कृष्ट गायकको अवार्ड । साथै विभिन्न कार्क्रमबाट सम्मान ।

अबको योजना

अबको योजनामा गायक लामा नेपाली गीत सङ्गितलाई नै निरन्तरता दिने योजनामा हुनुहुन्छ । बिशेष गरी अहिलेसम्म मा नेपाली लोक पप गाउदै आएका लामा तामाङ गीत सङ्गितमा पनि लागिपर्नु भएको छ् । “आफ्नो भाषा,सस्कारलाई पनि उजागर गर्ने हेतुले मैले तामाङ गीत सङ्गितलाई पनि निरन्तरता दिन्छु ।” उहाँ बताउनुहुन्छ ।

हेर्नुहोस भिडियोमा उहाँको जीवनी

प्रतिक्रिया