‘चपली हाइट–३’ चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिकामा रहने

भाद्र २५,काठमाण्डौ । ‘चपली हाइट–३’ निर्माणको औपचारिक घोषणा सङ्गै अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने कुरा फाइनल भएको छ ।

अर्जुन कुमारले नै बनाएको फाटेको जुत्ताबाट निकेशले फिल्म निर्देशनको सुरुवात गरेका थिए । यसअघिका दुई सिक्वेलको लेखन तथा निर्देशन दिपेन्द्र के.खनालले गरेका थिए । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्मबाट फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ भने अर्की नायिकामा फिल्म ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी सुपुष्पा भट्टलाई फाइनल गरिएको छ ।

फिल्म चैतमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको निर्माता अर्जुनकुमारले बताए । एडल्ट प्रस्तुतीका कारण चर्चित रहेको चपली हाइटको तेश्रो सिक्वेललाई निकेश खड्काले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया