गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा

जुम्ला । जुम्लाका दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लाका गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरेको हो ।

गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको,  लगातार लामो प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएको, सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको  गर्भमै बच्चाको मृत्यु भएको, अवस्थामा पूर्णरूपमा निःशुल्क हवाईसेवा  दिइने भएका छन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

तत्कालीन कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको हो । यो कार्यक्रमलाई लक्षित गर्दै प्रत्येक वडामा हेलिप्याड बनेका छन् ।

प्रतिक्रिया