कोरला नाका व्यवस्थापनका लागि सरकारले उपलब्ध गरायो १ हजार ४ सय रोपनी जग्गा

मुस्ताङ । चीनसँग जोडिएको कोरला नाकाको व्यवस्थापनका लागि सरकारले १ हजार ४ सय रोपनी जग्गा उपलब्ध गराएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार कोरला नाकामा नेपाली सेना, भन्सार कार्यालय, शसस्त्र प्रहरी र जनपथ प्रहरीको क्याम्प, अध्यागमन कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको हो ।

यस बारे  ‘गत असार २१ गते निर्णय भएको हो,’ उनले भने, ‘नापजाँच गरी लालपुर्जा हस्तान्तरणको लागि भनेर समिति गठन गरेको थियो । सो समितिले नापजाँच गरी जग्गाको टुंगो लगाई भान्सकार्यलयलाई जग्गाको लालपुर्जा हस्तानतरण गर्न सम्पूर्ण काम अन्तिम चरणमा पुगेको जनकारी दिए ।

नेपाली सेनालाई लोमान्थाङमा करिब १२ सय ७१ रोपनी, जिल्ला भन्सार कार्यालयलाई छोन्हुपमा १ सय ९ रोपनी, शसस्त्र प्रहरी र जनपथ प्रहरीलाई लोमान्थाङमा क्रमशः३३ र १३ रोपनी, अध्यागमन कार्यालयको लागि छोन्हुपमा १२ रोपनी जग्गा उपलब्ध गराईएका छन् ।

प्रतिक्रिया