आउँदो मंसिर १४ मा उपनिर्वाचन, डा.सिके राउत उम्मेद्वार हुने हल्ला

जनकपुर । समाजवादी पार्टीका सांसद पदबाट राजीनामा दिएसँगै डा.सिके राउत उम्मेद्वार हुने व्यापक हल्ला चलेको छ ।

प्रदेश नम्बर २ को सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा.सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएपछि सो रिक्त पदमा डा. सिके राउत उम्मेद्वार हुने हल्ला चलेको हो ।

समाजवादीका सांसद यादवले स्वास्थ्य सम्बन्धी समस्या देखाउँदै राजीनामा दिएपछि आउँदो मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा.राउतलाई प्रतिनिधिसभामा उम्मेदवार हुने हल्ला देखिन्छ ।

प्रतिक्रिया