आरक्षण कार्यान्वयनको मागसहित बालुवाटारमा प्रदर्शन

काठमाडौं । मंगलबार आरक्षण कार्यान्वयनको माग गर्दै बालुवाटारमा विरोध प्रर्दशन गरेको छ । संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, असमावेशी विज्ञापन खारेज गर लगायतका नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

जनजातिसँग सम्बन्धित संघ–संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चितता गरेतापनि त्यसकोे मुल मर्म र विपरित लोकसेवा आयोगले विज्ञापन गरेको भन्दै बालुवाटारमा प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया