आप्पा (बाबा) कविता

मलाई जन्म दिएनौ किनकी तिमीलाई आमा बन्ने सौभाग्य प्रकृतिले नै दिएन ।।
तर अह आमा अनि तिम्ले गर्ने मायामा यति अलिकति पनि फरक थिएन ।।
जन्म दिएनौ कर्म दियौ बाध्यताले पर्देशियौ बाल्यकालमा हात दिएनौ ।।
काखमा खेलाउने धर्ती आमा आकाश बनी शितल दिने बाबा फरक थिएनौ ।।

आमाले मागेपछि सबै दिइन तिमी अलि कन्जुस थियो जिम्मेवारी
कसरी हुर्काउने कसरी पढाउने यहि सपना थियो तिम्रो त्यो आँखा भरी
हो पहिलो पाइला चाल्न सिक्दा तातेताते छोरा भन्ने तिम्रो हात थिएन
बाध्यता ले पर्देशिएको छोराछोरी सङ्गै रमाउने पर्देशिको औकात थिएन ।।

म बिरामी पर्दा आमा मलाई काखमा च्यापेर घुक्क घुक्क धेरै रोइरहिन
अस्पताल लगिन धामीझाँक्री लगिन घरी निधार त घरी पाउहरु छोइरहिन
तिमिलाइ त मलाई बचाउन पैसा कमाउनु थियो नि कसरी म सङ्गै हुन्थ्यौ
सङ्गै काम गर्ने काका भन्नुहुन्थ्यो रे मेरो फोटो हेरि सुक्क सुक्क रुन्थ्यौ ।।

म अबोध थिए अह थाहा थिएन कस्ले बढी माया गर्छ तर तिम्रै नजिक बने रे
तोते बोली मै बब बब बाब बाबा भनी पहिलो शब्द तिम्रै नाम भने रे
जब सानोमा त तिमी र आमा बराबर थियौ अहिले कसरी फरक भनु म
बाबाको महत्त्व वा माया कम थियो भनी कसरी पक्षपाती न्यायाधीश बनु म ।।

अहिलेको जस्तो काहा थियो र पुरानो जमानामा भिडियो र अडियो कल
प्रत्येक चिट्ठीको पहिलो लाइनमा मेरि प्यारो छोरा नलेखेको थिएन रे पल
हो म मान्छु हरेक बस्तुलाई चिनाउने संकेत वा फरक चिन्ह हुन्छ
सङ्गै राखेर हुर्काउने आमा अनि हुर्काउन प्रदेशिने बाबा कसरी भिन्न हुन्छ ।।

प्रत्येक ल्होछार मा मलाई नयाँ गोइलो दिइन तर कहिल्यै आफ्नो हर हेरिनन
न गुनासो नै गरिन आमाले कहिले ल्होछार मा एउटा नया गोईलो फेरिनन
अहि कारणले म सदा आमाको मात्र बयान गर्न अघि सर्न सक्दिन म
सहरमा जादा आउदा बुबाको सट उहीँ हुन्थ्यो त्यो विरुद्ध पर्न सक्दिन म ।।

सेमसाङ वाइबा,काभ्रे
हाल :काठमाण्डौ ।

प्रतिक्रिया