अरनिको र विपी राजमार्गमा एक/एक घण्टाको अन्तरमा ३ को मृत्यु

शिखर चिमौरीया/काभ्रे ।
अरनिको राजमार्ग र विपी राजमार्गमा एक एक घण्टाको फरकमा एकै दिन अथवा १० बजे देखि २ बजे भित्र छुटा–छुट्टै दुर्घटनामा तिन जनाको मृत्यु भएको छ ।

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. १४ साझा पेट्रोल पम्प नजिक जनागलमा स्कारपियोले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना गम्भीर घाईते भएका छन् ।

बनेपाबाट साँगा तर्फ जाँदै गरेको बा ५७ प ९५६९ नम्बरको मोटरसाईकललाई साँगाबाट बनेपा आउँदै गरेको बा १७ च ८११२ नम्बरको स्कारपियोले ठक्कर दिदाँ मोटसाइकल चालक बनेपा नगरपालिका वडा नं. १२ कोटथुम्काका २१ बर्षीय रविन थापाको मृत्यु भएको र अर्का पछाडि बस्ने सोही स्थानका सविन थापा घाइते भएका छन् ।

त्यसै गरि दुर्घटना भएको एक घण्टा नबित्दै सोही स्थानमा बनेपा नगरपालिका वडा नं. १४ साझा पेट्रोल पम्प जनागालमा नै अर्का दुर्घटनामा एकको मृत्यु भएको छ । सागा बाट बनेपा जादै गरेको बा ९९ प ३३९७ नं स्कुटी सोही दिशा बाट आएको बा ६ ख ७३१५ नं. ट्रकलाई ओभरट्रेक गर्ने क्रममा ट्रकको पछाडि भाग ठोकिर दुर्घटना हुदाँ घाईतेलाई उपचारका लागि शीरमोमोरियल अस्पताल लैजाउदा लैजाउदै बाटोमा नै मृत्यु भएको हो । मृत्युक अहिले सम्म पनि परिचय खुलेको छैन् ।

त्यसै गरि विपी राजमार्गको काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं. ८ गिम्दीबेशीमा एक मोटरसाईकल अनियन्त्रीत भई नालीमा खस्दाँ एकको मृत्यु भएको छ । काठमाडौ बाट मंगलटार जादै गरेको ना २६ प ७३१६ मोटसाइकल अनियन्त्रीत भई नालीमा खस्दाँ धादिङ सल्यान जिल्ला घर भएका भोज नारायण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनी कालिसिद्धि गण बार्दिबासमा कार्यरत रहेको र कार्यालय जाने क्रममा उनको मृत्यु भएको हो । आज भएको घटनाको विषयमा लिएर प्रहरीले छुटाछुट्टै अनुशन्धान गर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी दिपक गिरीले जानकारी दिए ।

अरनिको राजमार्गमा बनेपामा जनगालमा मोटसाईकल सग ठोकिएको गाडिहरु समेत प्रहरीले नियन्त्रण गरि थप अनुशन्धान अगाडि बढाएको डिएस्पी गिरीले जानकारी दिए ।

प्रतिक्रिया