अज्ञात समुहद्धवार कर्णाली प्रदेश मुख्यमन्त्री सहभगी कार्यक्रम नजिक बम विस्फोट

सुर्खेत । अज्ञात समुहले कालिकोटमा बम विस्पोट गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी गाउँसभा कार्यक्रम नजिकै दुई पटक बम विस्फोट भएको हो ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहका अनुसार कार्याक्रम स्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिदै उनले भने,सकेट बम विस्फोट गराइएको हुन सक्छ। विष्फोट मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी गरिएको हो वा होइन थाहा नभएको सिंहले बताए ।

बम कस्ले किन विष्फोट गरेको हो खुल्न सकेको छैन । घटनाको थप अनुसन्धन भैरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। विष्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया